ट्रकको ठक्करबाट बाबु–छोरीको मृत्यु

काठमाडौँ – मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौँडा उपमहानगरपालिका-९ पशुपनिनगरका अन्दाजी ५५ वर्षीय ईश्वरकुमार तामाङ र पछाडी सवार उनकी २६ वर्षीया छोरी अमिना तामाङ रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौडा अस्पतालमा बेलुकीनै मृत्यु भएको प्रहरीले जनाएको […]

सम्बन्धित सामग्री

बिर्तामोडमा ट्रकको ठक्कर एक पैदल यात्रीको मृत्यु

झापा : झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–४ निवासी ५२ वर्षीय टंक काफ्ले रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडको राम चोकमा सडक दक्षिणमा पार्किङ गरी राखिएको प्रदेश–१–१०–००१ ख ३५९४ नम्बरको ट्रक सडकमा निकाल्ने क्रममा पैदल यात्री काफ्लेलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्ता सिटी अस्पताल लैजानासाथ मृत्यु भएको प्

बारामा ट्रकको ठक्करबाट बालकको मृत्यु

बारा : पथलैया-बीरगञ्ज सडक खण्डअन्तर्गत बाराकाे जीतपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।  वीरगञ्जबाट हेटौँडातर्फ गइरहेको ना ४ ख १०९८ नम्बरको ट्रकले ना २३ प ५७३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा जीतपुर सिमरा-१ पथलैयाका ११ वर्षीय प्रविण प्रसाईंको घटनास्थलमै मृत्यु भएको हो।  ट्रकको ठक्कर...