काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्न नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएको बताएका छन्।आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्नेसम्बन्धी नियम, कानूनबारे जानकारी लिन मंगलबार निर्वाचन आयोग पुगेका सदस्य गौतमले यस्तो बताएका हुन्।उनले भने, ‘हामी गोलाकारभित्र हँसिया हतौडा चुनाव चिह्न लिएर चुनावमा जाने भन्ने प्रचण्ड र मेरो बीचमा सहमति भयो‚ समझदारी बन्यो। त्यसअनुसार जाँदा कानूनी प्रक्रिया के