भेरी अस्पतालमा खोप नलगाएका एक जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ। उपचारको क्रममा कोरोना भाइरसविरुद्धको खोप नलगाएका एकजनाको मृत्यु भएको हो। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, रुकुम पश्चिम आठबीस नगरपालिका– ६ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।