जनकपुरधाम – महोत्तरीको विजलपुर स्टेसनबाट दुई दशकपछि पहिलो पटक रेल भारतको जयनगरका लागि खुल्यो। दुई दशकपछि गाउँबाट पुनः रेल सेवा सञ्चालन भएपछि स्थानीयमा कुनै खुसीको ठेगान छैन। आइतबार बिहान १० बजेर ३० मिनेटमा भंगहा (विजलपुरा) स्टेसनबाट रेल्वेको शुभारम्भ हुने सुनेपछि स्थानीय त्यसअगावै स्टेसनमा पुगिसकेका थिए। रेल्वे हेर्न पुगेकामध्ये एक थिए त्यहाँकै जुगल सदा। खेतमा धान […]