काठमाण्डाै – अस्ट्रेलियाका पूर्वकप्तान तथा क्रिकेटर स्टिभ स्मिथले पाकिस्तानसँगकाे शृङ्खला अन्तर्गत लाहाेरमा भइरहेकाे तेस्राे तथा अन्तिम टेस्टकाे दाेस्राे पारीमा इतिहास रचेका छन् । स्टिभ स्मिथ टेस्ट क्रिकेटमा सबैभन्दा छिटाे आठ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् । उनले श्रीलङ्काका खेलाडी कुमार सङ्गाकाराकाे १२ वर्ष पुरानाे कीर्तिमान पनि ताेडेका छन् ।
३२ वर्षीय स्मिथले लाहाेर टेस्टकाे दाेस्राे पारीमा हसन अलीकाे बलमा चाैका प्रहार गरेर याे कीर्तिमान बनाएका हुन् । स्मिथले करियरकाे ८५ औँ टेस्टकाे एक सय ५१ औँ इनिङ्स खेल्...