दीपेन्द्र लगातार डक आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरी आइसिसी विश्वकप लिग–२ मा पपुवा न्युगिनीविरुद्ध डक आउट भएका छन् । १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ७ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ६४ बलमा ४ चौका र १ छक्कासहित ५० रनमामा […]

सम्बन्धित सामग्री

पहिलो बलमै कुशल आउट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत अहिले सेमिफाइनलमा यूएईसँग भिडिरहेको नेपालले पहिलो बलमै विकेट गुमाएको छ। कुशल भुर्तेल गोल्डेन डक आउट भए । जुनैद सिद्धिकीको बल ब्याटमा लागेर विकेटकिपरले क्याच गरेका थिए । नेपालले टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको हो । कुशल लगातार दोस्रो खेलमा शून्यमा आउट भएका हुन् । यस अघि समूह चरणको […]

नामिवियाविरुद्ध कुशल र ललित बेन्चमा, अनिललाई अवसर

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले कुशल भुर्तेललाई बेन्चमा राखेको छ । लगातार दुई खेलमा रोयल डक आउट र डक आउट भएका भुर्तेललाई नामिबियाविरुद्ध नेपालले बेन्चमा राखेको हो । उनको स्थानमा अनिल शाहलाई टिममा समावेश गरेको छ । ललित राजवशी, सन्दीप जोरालाई नेपालले बेन्चमा राख्दै आरिफ शेख र अभिनास […]

नेपालसँग भिडेयता भारतीय कप्तान रोहितको लय- डक आउट या कम्तिमा अर्धसतक

काठमाडौं । घरेलु मैदानमा जारी एकदिवशीय विश्वकपमा भारतले शानदार प्रदर्शन गरिरहेको छ।सर्वाधिक विजेता अष्ट्रेलियालाई पहिलो खेलमा हराएको भारतले विश्वकप इतिहासमा एक खेल अघि मात्र सबैभन्दा ठूलो लक्ष्य पूरा गर्ने इतिहास बनाएको पाकिस्तानलाई शनिबार हराएर लगातार तेस्रो जित हात पारेको छ। चिरप्रतिद्धन्द्धी पाकिस्तानलाई केवल एक सय ९१ रनमा सीमित गरेको भारतले ७ विकेटको जित हात पारेको […]

शफिक लगातार चार खेलमा डक आउट हुने पहिलो खेलाडी

एजेन्सी – पाकिस्तानका शीर्षक्रमका ब्याटर अब्दुल्लाह शफिक टि२० आई खेलमा लगातार चार पटक डक आउट हुने विश्वकै पहिलो खेलाडी बनेका छन् । आइतबार राती पाकिस्तान अफगानिस्तानसँग ७ विकेटले पराजित हुनेक्रममा शफिक डक आउट भएका थिए । शाहजाहमा टस जितेर पहिला पाकिस्तानले ब्याटिङ रोज्दा शफिक पहिलो ओभरको तेस्रो बलमै तीव्र गतिका बलर फजलहक फारुकीको बलमा एलबीडब्लू […]

सूर्यकुमारको लज्जास्पद रेकर्ड- लगातार तीन म्याचमा गोल्डेन डक आउट

काठमाडौं । टी–२० क्रिकेटमा भारतका स्टार ब्याट्सम्यान सूर्यकुमार यादवको एक दिवसीय फर्म भने दयनीय बनेको छ । उनले पछिल्ला तीन खेलमा एक रन पनि जोड्न सकेका छैनन् । अष्ट्रेलियाविरुद्धको तेस्रो एक दिवसीयमा हिजो सूर्यकुमारले एउटा बिर्सन लायक रेकर्ड राखे । उनी लगातार तेस्रो म्याचमा पहिलो बलमै आउट भए । अहिलेसम्म कुनै पनि भारतीय ब्याट्सम्यान यसरी […]

सूर्य लगातार तीन खेलमा गोल्डेन डक आउट

एजेन्सी – भारतीय क्रिकेट टोलीका विष्फोटक ब्याटर सूर्यकुमार यादव लगातार तीन खेलमा गोल्डेन डक आउट (पहिलो बलमै आउट) भएका छन् । अष्ट्रेलियासँगको तीन ओडिआई खेलमा सूर्य तीनै बलमा गोल्डेन डक आउट भएका हुन् । सूर्य पहिलो र दोस्रो खेलमा मिचेल स्टार्कको बलमा लगातार शून्यमा एलबीडब्लू आउट भएका थिए । तेस्रो खेलमा पनि पहिलो बलमै बोल्ड […]

कोहलीको लगातार दोस्रो गोल्डेन डक

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका शीर्ष ब्याटर विराट कोहली इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार दोस्रो खेलमा गोल्डेन डक आउट भएका छन् । कोहली शनिबार सनराइजर्स हैदराबादसँग दोस्रो ओभरमा गोल्डेन डक आउट भएका हुन् । कोहली तीव्र गतिका बलर मार्को ज्यानसनको दोस्रो ओभरमा तेस्रो बलमा एडेन माक्ररमबाट क्याच हुँदै गोल्डेन डक पेभेलिएन फर्के । […]

शानदार जितसँगै नेपाल सेमिफाइनल नजिक

सहज जित पाउने अपेक्षा गरिए जसरी नै नेपालले समूहको कमजोर प्रतिद्वन्द्वी फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ। प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलको शतक, दीपेन्द्र सिंह ऐरीको अर्ध शतक तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतले नेपालले फिलिपिन्सलाई हराएको हो।शुरूमा ब्याटिङ गरेर नेपालले २१८ रन जोडेको थियो। ८ विकेट गुमाएको फिलिपिन्स ८२ रनमा सीमित भएको थियो। लगातार दुई विजयसँगै नेपाल आफ्नो समूहको शीर्ष स्थानमा पुगेको छ।अर्को खेलमा ओमानले क्यानडालाई हराएकाले समूह चरणका अन्तिम खेलबाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ। ओमानले क्यानडाविरुद्ध ९ विकेटको फराकिलो विजय पाएको छ।त्यसकारण सेमिफाइनलमा पुग्ने टोलीको भिडन्त रोचक बन्ने देखिन्छ। नेपालले अब लीगको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ।सो खेलमा नेपालले जित वा उच्च रन रेट बनाउन आवश्यक हुनेछ।खुलेको ब्याटिङअनुमान गरिए झैँ नेपाली खेलाडीले कमजोर फिलिपिन्सविरुद्ध खुलेर ब्याटिङ गरे। मस्कटको ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरा ओभर खेलेर ३ विकेटको क्षतिमा २१८ रन बनायो।आक्रामक प्रारम्भिक ब्याटर कुशल भुर्तेलले शानदार शतक प्रहार गरे।फिलिपिन्सविरुद्ध खेलमा जितेको नेपालउनीहरूले ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेले। ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका उनी अन्तर्राष्ट्रिय टी २० शतक बनाउने नेपालका तेस्रा खेलाडी बने।उनका प्रारम्भिक जोडी आशिफ शेख भने गोल्डन डक आउट भए। पहिलो बलमा नै क्रस शट खेल्ने क्रममा उनी आउट भएका थिए। कुशलपछि दीपेन्द्रसिंह ऐरी ८३ रनमा आउट भए। उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए।कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि १ सय ७१ रनको शतकीय साझेदारी गरे। यो नेपाली टी २० आईमा कुनै पनि विकेटका लागि भएको ठूलो साझेदारी बन्यो।आशिफपछि आएका कुशल मल्लले १२ रन बनाए। पाँचौँ ओभरमा उनी मिग्गी पोडोस्कीको शिकार भए। लोकेश बमले अविजित ६ रन बनाए।२१८ रन नेपालले टी २० क्रिकेटमा बनाएको तेस्रो उच्च स्कोर हो।यसअघि नेपाली टोलीले काठमाण्डूमा नेदरल्याण्ड्सविरुद्ध सर्वाधिक २३८ रन जोडेको थियो।त्यस्तै १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालले भुटान विरुद्ध कीर्तिपुरमै २३६ रन बनाएको थियो।कसिलो बलिङफिलिपिन्सलाई सस्तैमा समेट्न नेपाली बलरहरूले कसिलो बलिङ गरे। उनीहरू लगातार जस्तो विकेट लिन सफल भएका थिए।चार ओभर बलिङ गरेका कप्तान सन्दीप लामिछानेले जम्मा ९ रन खर्चिएर तीन विकेट लिए।जितेन्द्र मुखिया, गुलशन झा, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।गुलशनको 'डेब्यू', शरद बाहिरभेट्रान ब्याट्सम्यान शरद भेषावकरले टी २० विश्वकप छनोट गुमाएका छन्। उनको घुँडामा चोट लागेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ।चार देशीय शृङ्खला खेल्ने क्रममा उनलाई चोट लागेको थियो। ओमान विरुद्धको पहिलो खेलमा पनि उनी 'प्लेइङ ११' मा थिएनन्।उनको स्थानमा कुशल मल्ल टीममा प्रवेश गरेका छन्। चार देशीय शृङ्खलामा ९ रन मात्र बनाएका उनी टोलीबाट बाहिरिएका थिए। फिलिपिन्सविरुद्ध तेज बलर गुलशन झाले टी२० क्रिकेटमा राष्ट्रिय टोलीमा पहिलो खेल खेलेका थिए। करण केसी घाइते भएर ओमानबाट फर्केपछि उनको स्थानमा झा टीममा समावेश भएका हुन्।झाले यसअघि ओमानमै भएको विश्वकप लीग २ मा एक दिवसीय क्रिकेटमा पहिलो पटक अवसर पाएका थिए। अमेरिका विरुद्धको सो खेल खेलेसँगै उनी एक दिवसीय क्रिकेटमा पहिलो पटक खेल्ने एसोसियटका तर्फका कान्छा खेलाडी बनेका थिए।त्यति बेला उनी १५ वर्ष २ सय १२ दिनका थिए।कुशलको कीर्तिमानओमानमा भइरहेको क्रिकेट विश्वकप छनोट खेलमा फिलिपिन्स विरुद्ध भएको खेलमा शतक बनाएपछि खुशी साट्दै नेपाली खेलाडी कुशल भुर्तेलछोटो समयमा आक्रामक ओपनरको छवि बनाएका कुशल भुर्तेल टी २० क्रिकेटमा शतक प्रहार गर्ने नेपालका तेस्रो खेलाडी बनेका छन्।ओमानमा शनिवार भएको आइसीसी टी २० विश्वकप ग्लोबल छनोटमा उनले फिलिपिन्स विरुद्ध उक्त उपलब्धि हात पारेका हुन्।नेपालबाट पारस खड्का टी २० मा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। सन् २०१९ मा उनले सिंगापुरविरुद्ध उनीहरूकै मैदानमा उक्त कीर्तिमान रचेका थिए।खड्काले ५२ बलमा अविजित १०६ रन बनाएका थिए।त्यस्तै ज्ञानेन्द्र मल्लले नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद सागका दौरान शतक प्रहार गरेका थिए।भुटान विरुद्धको खेलमा उनले ५५ बलमा १०७ रन बनाएका थिए। कुशल भुर्तेलले भने ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक पूरा गरे।उनले कुल ६१ बल खेल्ने क्रममा १३ चौका र एक छक्का हानेर १०४ रनमा अविजित रहे। ३२ बलमा उनले अर्ध शतक पूरा गरेका थिए।ओपनरका रूपमा आएका भुर्तेलले पूरा २० ओभर खेले। ओपनर साथी आशिफ शेख 'गोल्डन डक आउट' भएपछि भुर्तेलले कुशल मल्लसँग दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरे।तेस्रो विकेटका लागि भने उनले दीपेन्द्र सिंह ऐरीसँग १ सय ७१ रनको शतकीय साझेदारी गरे, जुन टी २० आईमा नेपालको कुनै पनि विकेटको ठूलो साझेदारी पनि हो।काठमाण्डूमा गत अप्रिलमा सम्पन्न थ्री नेसन्स कपमा लगातार तीन अर्ध शतक प्रहार गरेपछि भुर्तेल नेपाली क्रिकेटमा उदाएका थिए। त्यो उपलब्धि सँगै राष्ट्रिय टोलीमा लामो समयदेखि समस्याको रूपमा रहेको ओपनिङ जोडीमा भुर्तेल र आशिफ शेख स्थापित भएका थिए। -बिबिसीबाट