तपाईँले कुनै व्यवसाय गर्नुभयो वा अन्य कम्पनीहरुमा लगानी गर्नुभयो भने पक्कै पनि पहिले हिसाब गर्नुहुन्छ कि त्यसबाट रिटर्न अर्थात प्रतिफल कति आउँछ? पुँजी लगाए अनुसारको रिटर्न पाउने भएमा मात्रै लगानी गर्नुहुन्छ। नोक्सान पर्ने वा प्रतिफल नलिने उद्देश्यले कसैले पनि लगानी गर्दैन। कम्पनीहरुको सेयरमा लगानी गर्दा पनि त्यसबाट पाउन सकिने प्रतिफलका लागि लगानीकर्ताले प्रतिसेयर आम्दानी र…