मतदान गरेर फर्कने क्रममा लडेर सांसद न्यौपाने घाइते

काठमाडौँ– राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने क्रममा मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने घाइते भएका छन् । संसद् भवनमा मतदान गरेर फर्कने क्रममा लडेर घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ ।  लडेर घाइते भएपछि न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको छ । न्यौपाने नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य हुन् ।