सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधानमाथि अझै खतरा रहेकाले गठबन्धन आवस्यक रहेको बताएका छन् । सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधानमाथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको बताए ।एमालेले जिते यो प्रणाली नै समाप्त हुने भन्दै देउवाले नचाहँदा नचाहँदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नै पर्ने अवस्था आएको मन्त्री चौधरीको भनाइ थियो । एमाले अध्यक्ष केपी ओली घमण्ड र सत्ता उन्मादले सडकमा पुगेको समेत उनले बताए । &