टिचिङ लाइसेन्सको परीक्षामा वस्तुगत प्रश्नमात्रै सोधिने

काठमाडौं : शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स)को परीक्षामा वस्तुगत प्रश्नमात्र साेध्ने निर्णय गरेको छ। आयोगले परीक्षाको पाठ्यक्रम परिमार्जन गरी यस्तो निर्णय गरिएको जनाएको छ।आयोगका अनुसार मावि र निमावि तहको टिचिङ लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय यही चैत २ गतेदेखि लागु भइसकेको छ।  आयोगले निकालेको सूचना अनुसार एक घण्टाको परीक्षा हुने छ।वस्तुगत परीक्षामा प्रतिप्रश्न दुई अंकका दरले ५० वटा प्रश्न सोधिने छ। आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रति