वेस्ट इन्डिजका मुख्य प्रशिक्षक सिमन्सद्वारा राजीनामाको घोषणा

वेस्ट इन्डिज क्रिकेट टिमका मुख्य प्रशिक्षक फिल सिमन्सले राजीनामाको घोषणा गरेका छन् । क्रिकेट वेस्ट इन्डिजको वेबसाइटमा उपलब्ध जानकारीका अनुसार अस्ट्रेलियामा जारी टी–२० विश्वकपबाट टोली बाहिरिएपछि टोलीका मुख्य प्रशिक्षक सिमन्सले पनि राजीनामाको घोषणा गरेका हुन् ।३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म अस्ट्रेलियाविरुद्ध हुने दुई खेलको टेस्ट शृङ्खला मुख्य प्रशिक्षकका रूपमा  उनको अन्तिम जिम्मेवारी हुनेछ । सिमन्सले भने, ‘म सहमत छु कि विश्वकपबाट बाहिर हुनु यो टोलीलाई मात्र होइन, हामीले नेतृत्व