कास्की - बुधवार हिजाे बेलुकी पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो । ‘नेपाल लिटरेचर फेस्टिभल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए।
चिसोयामको पर्वाह नगरि उभिएरै पोखरेलीहरु कविता र गीतमा मुग्ध बने । गायक सागरको ‘तिमी खुसी त छौ नि भनन’ गीतबाट सुरु भएको कार्यक्रम झण्डै डेढ घण्टा चल्यो । सागरले आफ्नै गीत ‘मधुरो लालटिन’ र ‘निःशब्द’ सुनाउनुभयो । उहाँले अरुण थापाको ‘आँखाको...