झापा : भारतको सिलिगुडीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको ४ ट्यांकर डिजेलमा मिसावट गरेको भेटिएपछि त्यसबारे छानबिन थालिएको छ।नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आइतबार छानबिन थालेको हो। टोलीले मेचीनगर–१३ चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग आइतबार सोधपुछ गरेको छ।निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुडीबाट ४ वटा ट्यांकरमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको आशंका गरिएको छ। ‘केन्