तनहुँ - पृथ्वी राजमार्ग सडक विस्तारको काम तीव्र रुपमा भइरहेको छ । याे क्रममा अब ४ सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका ४ हजार २ सय ५ रुख कटान गरिसकेको छ ।
आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उहाँले बताउनुभयो । 'सबै रुख नकाटिन पनि सक्छन्', उहाँले भन्नुभयो, 'काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने...