ठेकेदारको लापरबाहीले बागलुङका अधिकांश स्वास्थ्य चौकी भवन गुणस्तरहीन बनेको पाइएको छ । निर्माण भएको वर्ष नै भवन चुहिन थालेपछि काम गुणस्तरीय नभएको पुष्टि भएको हो । कतिपय भवन हस्तान्तरण नहुँदै चुहिने, ढलान फुट्ने, पर्खाल भत्कने भएका छन् भने केही भासिएका छन् । समस्या देखिएका भवन १ करोड ७५ लाखदेखि २ करोड २५ लाखसम्म खर्च गरी बनाइएका हुन् ।