सल्यान : सल्यानका किसानलाई पाकेर रातै भएको टिमुर टिप्न र सुकाउने चटारो छ।जिल्लाका बागचौर, बनगाड कुपिण्डे, शारदा नगरपालिका दार्मा, कुमाख, छत्रेश्वरी गाउँपालिकाका किसानलाई यतिबेला टिमुर टिप्न भ्याइनभ्याई छ।नगदेबालीमा गनिने टिमुरलाई यहाँका किसानले आम्दानीको मुख्यस्रोत बनाउँदै आएका छन्।केही नउब्जने बारी र डिलमा रोपेर राम्रो आम्दानी हुने भएकाले किसानले व्यावसायिक टिमुर खेती गर्दै आइरहेका छन्।मसला र आयुर्वेदिक औषधिमा प्रयोग हुने टिमुर सल्यानको महत्वपूर्ण नगदेबाली मानिन्छ।टिमुरबाट सुगन्ध