गृह शान्तिको कामनामा मनाइँदै गठामुंगः पर्व

भक्तपुर : साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आइतबार काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गर्दै गठामुंगः पर्व मनाउँदैछन्। यस दिन नेवार समुदायले आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घरघरबाट ...

सम्बन्धित सामग्री

गृह शान्तिको कामनामा मनाइँदै गठामुंगः पर्व

भादगाउँ : साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा आज नेवार समुदायले घरमा शान्तिको कामना गर्दै  गठामुंगः पर्व मनाउँदैछन्।सो समुदायले हर्षोल्लासका साथ घण्टाकर्ण राक्षसको पूजा गर्दै मनाउने सो पर्व मौलिक पर्वमध्येको एक हो। वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो। आज उनीहरुले आफ्नो घरगृहमा शान्तिको कामना