भूकम्प गएको पाँच वर्षपछि बागलुङमा एकीकृत बस्ती निर्माण शुरु भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पुर्याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई सापकोटा चोकमा एकीकृत बस्ती निर्माण शुरु गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले जनाएको छ ।
एकाइ (भवन)का प्रमुख उमेशकुमार चौधरीका अनुसार ढिलै भए पनि एकीकृत बस्ती निर्माण शुरु गरिएको छ । अहिले एकीकृत बस्तीको भुइँतलाको डिपिसी सम्पन्न भएको छ । विसं २०७५ वैशाखमा भूकम्पपीडितका लागि एकीकृत बस्ती निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले संयुक्त लालपुर्जा वितरण गरेको थियो । जग्गा खरिदका लागि प्रतिपीडित परिवार रु दुई लाख दिइएको थियो ।