काठमाण्डाै – काठमाण्डाै महानगरपालिका वडा नम्बर २० मा रहेकाे परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक रूपमा स्तरोन्नति गरिएको छ । कामपा २० र एरोसान सस्टेनेबल स्यानिटेसन को संयुक्त साझेदारीमा स्तरोन्नति गरिएको शौचालय अपाङ्ग, वातावरण तथा महिलामैत्री छन् । पुनर्निर्माण गरिएको शौचालय भवन हातामा प्रयोगकर्तालाई आवश्यक सबै सुविधा राखिएका छन् । कामपा २० का अध्यक्ष राजेन्द्र मानन्धरले शनिवार नवनिर्मित शौचालयको शुभारम्भ गर्नुभयो ।कामपाका मेयर बालेन्द्र साहले सार्वजनिक शौचालयको अवलोकन गर्दै शौचाल...