नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ। शुक्रबार नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उनको उपचारको क्रममा मृत्यु भएको थियो। उनको पार्थिव शरीरलाई आज दिउँसो १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनी मिर्गौला र छातीको…