एजेन्सी। क्यान्सर पीडित बलिउडकर्मी किरण खेरका बारेमा पति कलाकार अनुपम खेरले स्वास्थ्यमा सुधार देखिए पनि लडाइँ अझै कठिन रहेको बताएका छन्। किरण मल्टिपल माइलोमा नामक ब्लड क्यान्सरपीडित हुन्। टाइम्स अफ इन्डियासँग अनुपमले भने, ‘‘किरणको स्वास्थ्यमा सुधार देखिएको छ। तर, यो एक कठिन उपचार हो। कोरोनाका कारण गरिएको लकडाउनले उपचार नै पनि कठिन बन्न गएको छ।’’