ए डिभिजन लिग : पुलिसले जावलाखेललाई हरायाे

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई एक–शून्य गाेल अन्तरले हराएको छ ।  दशरथ रङ्गशालामा आज भएको खेलमा पुलिसलाई जिताउन ७० औँ मिनेटमा सुमन लामाले गरे । याे खेलमा जावलाखेलले राम्राे अवसर बनाए पनि गाेल भने गर्न सकेन । खेलकाे अन्त्यतिर दुवै टाेलीले केही माैका बनाएका थिए ।   आजको जितसँगै पुलिस चार अङ्कका साथ दोस्रो स्थानमा पुगेको छ । लगातार दोस्रो खेल हारेको जावलाखेल भने अङ्कविहीन अवस्थामा छ । लिगमा ६ अङ्कका साथ मनाङ मर्स्याङ्दकी ...