काठमाडौं : नेपाली कांग्रेसका नेता कल्याण गुरूङले संघ र सातवटै प्रदेशको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका छन्। पार्टीका केन्द्रीय सदस्यसमेत रहेका नेता गुरूङले आइतबार बिहान सामाजिक सञ्जालमार्फत संघको प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्री लिन कांग्रेसले पहल गर्नुपर्ने बताएका हुन्। ‘२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको आधिकारिक मत र परिणाम सार्वजनिक भई सकेको छ’, उनले भनेका छन्’, ‘बन्ने संघीय सरकार नेपाली कांग्रेस नेतृत्वमा हुनु पर्छ।