बाढीपहिरोमा परेकालाई उद्धार गर्न सरकारसँग देउवाको माग

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परेकाहरूलाई उद्धार गर्न सरकारसँग माग गरेका छन्।सभापति देउवाले बुधबार ट्वीट गर्दै अविरल वर्षापछि मनाङ र सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा कटानले विकराल रूप लिएकाले उद्धारका लागि सरकारसँग माग गरेका हुन्। — Sher Bahadur Deuba (@DeubaSherbdr) June 16, 2021‘विपदमा परेकालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई राहत प्याकेज घोषणा गर्न माग गर्दछु,’ देउवाले भनेका छन्। सिन्ध

सम्बन्धित सामग्री

बाढीपहिरो पीडितलाई राहत र घाइतेलाई उपचारको व्‍यवस्था गर्न कांग्रेसको माग

३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परामर्श र पुनर्स्थापनामा तीव्रता दिन सरकारसँग माग गरेको छ । बुधबार कांग्रेसले विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा परी सम्पर्कविहीन भएकाको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको […]

बाढीपहिरो पीडितलाई उद्धार र राहत व्यवस्था गर्न अनेरास्ववियूको माग

काठमाडौँ । अनेरास्ववियू क्रान्तिकारीले बाढीपहिरो पीडितको उद्धार र उनीहरूलाई समयमै राहतको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत र घाइतेलाई नि: शुल्क उपचारको व्यवस्था मिलाउनसमेत अखिल क्रान्तिकारीले माग गरेको छ। अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति निकालेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्। उनले बाढी […]

बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सार्न नेकपा (एस)को माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बाढीपहिरोको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सरकारसँग माग गरेको छ । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेकपा (एस)ले उद्धार तथा राहतमा लाग्न आग्रह गरेको हो ।  “अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न स्थानमा आएको बाढीले तटीय क्षेत्रका...

बाढीपहिरो पीडितलाई तत्काल राहत व्यवस्था गर्न माग

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले देशभरका बाढीपहिरो पीडितलाई तत्काल राहत उद्धार र बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै तत्काल यस्तो व्यवस्था गर्न आग्रह गरेको हो।आयोगले प्राकृतिक विपद्को रोकथामका पूर्वतयारी अपनाउन र  विकास निर्माणका कार्यलाई मानव अधिकारमैत्री बनाउन पनि माग गरेको छ।‘बाढी पहिरो तथा डुबानबाट वर्षेनी सयौँ नागरिकहरुले ज्यान गुमाउनु परिरहेको एवम् हजारौँ परिवार घरबारविहीन हुनुपरिरहेको यथार्थलाई दृष्टिगत ग

बाढीपीडितलाई माओवादी केन्द्रका सांसदबाट एक महिनाको तलब

नेकपा (माओवादी केन्द्र)का सांसदले बाढीपहिरो पीडितका लागि एक महिनाको तलब दिने भएका छन् । माओवादी केन्द्रको संसदीय बोर्डको सोमाबर पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बाढीपीडित जनतालाई तत्काल सहयोग एवं राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संसदीय दलका प्रमुख सचेतक रेखा शर्माले प्रभावित क्षेत्रका सांसदलाई तत्काल बाढीपहिरो प्रभावित क्षेत्रमा गई उद्धार, राहत र स्वस्थ्य…