काठमाडौं : नेकपा एमालेबाट चार जना मन्त्रीले सोमबार शपथ लिने भएका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा चार जना मन्त्रीले सोमबारै शपथ लिने भएका हुन्। पौडेलले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। यस्तै दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने तयारी छ। यसपटक एमालेले पौडेलबाहेक अन्य तीन जना नयाँ सांसदलाई मन्त्री बनाएको हो। पौडेलले रुपन्देही-२ बाट निर्वाचन जितेका थिए। उनले २०७४ मा पनि सोही क्षेत्रबाट चुनाव जितेका हुन्। साथै साह