काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्ने जनप्रतिनिधिहरुलाई नेकपा एमालेले कारवाही गर्ने भएको छ । बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मत नहाल्ने जनप्रतिनिधिमाथि छानबिन गरी कारवाही गरिने एमाले प्रदेश १ कार्यालयले जनाएको छ । एमालेकै जनप्रतिनिधिहरुले भोट नहाल्दा गुरु बराल पराजित भएका थिए । नेकपा एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले पार्टीमाथि अन्तरघात […]