तीन वर्षअघि नै घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गर्ने काठमाडौँको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयवासीको घरमा डोजर चलाइएको छ । आर्थिक वर्ष २०७३÷७४ र २०७४÷७५ मा दुईपटक गरी मुआब्जा लिई अहिलेसम्म घर नभत्काएका घरधनीको घरमा डोजर चलाइएको हो ।