धनुषा - मधेस प्रदेशको दोस्रो कार्यकालको पहिलो प्रदेश सभा बैठक आज सोमवार बस्दैछ । गएकाे शुक्रवार शपथग्रहण गरेका प्रदेश सांसदहरुको पहिलो बैठकमा शुभकामना आदानप्रदान हुनेछ । संवैधानिक प्रावधान अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको बैठक आह्वान गर्नुपर्छ ।
मन्त्रिपरिषद्को बैठकले १८ गते प्रदेश सभाको बैठक आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । मधेस प्रदेशमा कुल १ सय ७ सभासद रहेका छन् । तीमध्ये दुईजनालाई सभासदको रुपमा शपथग्रहण गराउन सर्वोच्च अदालतले रोक लगाएको छ । अहिले १...