सिनेमाहलमा 'फास्ट एन्ड फ्युरियस–९' र 'नोबडी'

काठमाडौंः दशैँ नेपाली फिल्म रिलिज गर्न उपयुक्त समय मानिन्छ। सामान्य अवस्था भएको भए घटस्थापना, फूलपातीमा र पूर्णिमामा कुन कुन फिल्म रिलिज गर्ने भनेर महिनौं अघि तय भइसकेको हुन्थ्यो।तर, यतिबेला कोरोनाले गर्दा अवस्था सामान्य छैन र, फिल्म हलमा पनि त्यो उत्साह छैन। झण्डै डेढ वर्षदेखि बन्द रहेका सिनेमाहल घटस्थापनाको मौका पारेर बिहीबारदेखि फेरि खुलेका छन्। तर, हलमा नेपाली फिल्म भने छैनन्।पहिलो लकडाउन र दोस्रो लकडाउनको बीचमा केही साता हल खुले पनि त्यो समयमा आएका फिल्म हेर्न दर्शक आएनन