उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारीप्रति रुष्ट रुसले युक्रेनमा आक्रमण सुरु गरेको पाँच साता नाघिसकेको छ । यस अवधिमा दुवै देशको सेनाले ठूलो क्षति व्यहोरेका छन् । रुसले पहिलो चरणको आक्रमण सकिएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याइदिएको घोषणा गरिसकेको छ । युक्रेनको कडा प्रतिकारका कारण ‘रुसी योजना असफल बनेको’ छ । यद्यपि, आक्रमणका कारण मुख्य सहरहरूमा ठूलो क्षति पुगेपछि युक्रेनले युद्ध अन्त्य गर्नका लागि आफू लचिलो बन्न तयार रहेको जनाइएको छ ।