मर्जरको लागि ईन्भेष्टमेन्ट र मेगा बैंकले पाए सैद्दान्तिक सहमति

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई एक आपसमा मर्जमा जानको लागि सैद्दान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले हिजो असार २२ गते २ बैंकलाई मर्जरको लागि  सैद्दान्तिक सहमति दिएको हो ।यस संगै अब दुवै संस्थाले विशेष साधारणसभा बोलाएर मर्जर समबन्धि प्रस्ताव पारित गर्नु पर्ने  छ । त्यसपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गर्ने छ ।२ बैंकबीच गत जेठ २७  क्रबार मर्जर सम्झौता सम्पन्न भएको हो।  सम्झौताअनुसार  मर्ज पछि बन्ने बैंकको नाम 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक' रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने छन् । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने छन्  । त्यस्तै १००:९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ । मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताईएको छ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००:९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ। 

सम्बन्धित सामग्री

मेगा म्युचुअल फण्ड–१ का इकाई बाँडफाँड, कसले कति पाए ?

मेगा क्यापिटलको ब्यबस्थापनमा निष्काशन भएको मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफांड भएको छ । मागभन्दा अधिक इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको अधिकतम २५ प्रतिशत थप गरी प्रति इकाई मूल्य रु १० का दरको बाह्र करोड पचास लाख इकाईहरु बाँडफांड गरिएको क्यापिटलले जनाएको छ ।क्यापिटलका अनुसार रितपूर्वक प्राप्त आवेदन मध्ये १०० इकाई देखि ३ लाख ५० हजार इकाईसम्म आवेदन माग गर्ने १,५५,८६४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिएको छ भने ५ लाख देखि १ करोड इकाईसम्म आवेदन गर्ने ३४ जना आवेदकहरुलाई ४३६,३३० इकाई बाँडफाँड गरिएको छ ।  बाँकि रहेको २९० इकाई ३४ जना मध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथा मार्फत थप १० इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । यस संगै योजनाको आकार एक अर्ब पच्चिस करोड कायम भएको छ  ।  उक्त योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ कायम भएको छ । क्यापिटलले   प्रति इकाई मूल्य रु.१०  दरको दस करोड इकाई निष्काशन गरेको थियो । जस मध्ये न्यूनतम एक करोड पचास लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंक नेपाल लिमिटेडको लागि सुरक्षित राखि बाँकी न्यूनतम आठ करोड पचास लाख इकाई सर्बसाधारणलाई निष्काशन गरिएको थियो । निष्काशनमा सामुहिक लगानी कोष इतिहासमा सबै भन्दा धेरै आवेदनको नयाँ कीर्तिमान कायम गर्दै १,६३,६४६ आवेदकहरुबाट करिब २०,१४,५५,६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको थियो, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको हो ।