यही मंसिर ४ मा सम्पन्न आम निर्वाचनको परिणाम यो लेख लेख्दा सम्म आउने क्रम जारी छ । अबको केही हप्तामा नयाँ सरकार बन्ने निश्चित छ । म यस बेला नयाँ बन्ने सरकारलाई शुभकामना दिऊँ भनेर केही कोर्न बसेको छु । तर केका लागि शुभकामना दिऊँ, कस्लाई शुभकामना दिऊँ, अनि किन दिऊँ शुभकामना आदि मनमा आएकाले लेखाईलाई सरर बगाउन सकिरहेको छैन । तर पनि कुनै न कुनै रुपमा सरकार गठन हुन्छ नै । त्यसैले, आगामी सरकारलाई देश र जनताको लागि केही गर्नैपर्छ भनेर घचघच्याउन पनि १२ बुँदे शुभकामना दिने निर्णय गरें र लेखनीको सुरुवा