काठमाडौं : नवगठित तेक्वान्दो महासंघको पहिलो बैठकले ओल्पियन दीपक विष्ट र संगिना वैद्दलाई मासिक भत्ता दिने निर्णय गरेको छ। राष्ट्रिय खेलकुद परिषदले बुधबार गठन गरेको तेक्वान्दो महासंघले बिहीबार पहिलो बैठक बस्दै उक्त निर्णय गरेको हो।राष्ट्रिय खेलकुद परिषदले यसअघि प्रचलनमा रहेका दुईवटा तेक्वान्दो संघलाई विघटन गर्दै प्रदीप जोशीको अध्यक्षतामा तेक्वान्दो महासंघ गठन गर्ने निर्णय गरेको थियो। महासंघको पहिलो बैठकले ओलम्पियन दिपक विष्ट र संगिना वैद्दलाई ओलम्पिक खेलमा छनोट भएर अन्तराष्ट्रिय स्तरमा नेपाललाई चि