मुम्बई, बैशाख १० । मुम्बईस्थित एक कोरोना अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ। विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा भएको आगलागीमा १२ जनाले ज्यान गुमाएको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् । शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो। अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन्। आगलागीको कारण खुलेको छैन। […]