चारजना पूर्व प्रधानन्यायाधीशविरुद्धको अवहेलनासम्बन्धी मुद्दा सर्वोच्चमा दर्ता

अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी विज्ञप्ति प्रकाशित गरेको भन्दै चारजना पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ । अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले पूर्व प्रधानन्यायाधीशहरूविरुद्ध पेश गरेको अदालतको अवहेलनासम्बन्धी मुद्दा बुधवार दर्ता भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले लोकान्तरलाई जानकारी दिए । उनीहरूले पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका हुन् । मंगलवार न...