खाेटाङ - खाेटाङकाे खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ ।
एमफिल र पीएचडी गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहनस्वरुव छात्रवृत्ति प्रदान गर्ने नीतिअनुसार गाउँपालिकाले वडा नं ६ इन्द्रेणीपोखरीका विष्णुबहादुर कार्कीलाई छात्रवृत्ति स्वरुप एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेको हो ।
गाउँपालिकाको गएकाे असारमा सम्पन्न गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रमअनुसार एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिस्वरुप जनही ५...