अविकासको कुचक्रको प्रवेशले अर्थतन्त्रमा खतराको घण्टी

दुईतिहाइ बहुमतको वाम गठबन्धनको शक्तिशाली सरकार यतिबेला चालू आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन गर्ने क्रममा लागेको छ । ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको सरकारको आर्थिक वर्ष सुरु भएको पहिलो चार महिना सकिन लाग्दा विकास खर्च जम्मा ८ प्रतिशतमा मात्रै सीमित छ । विकास र समृद्धिको नारालाई पछ्याउँदै सकारले सात दशकदेखिको राजनीतिक सक्रमणकालीन अवस्थाको अन्त्य गर्न खोजेको बताए पनि नागरिकहरू वर्तमान सरकारप्रति निराश हुन थालेका छन् भने सरकारको कामगराइप्रति दाताहरू पनि त्यति सन्तुष्ट छैनन् ।

सम्बन्धित सामग्री

बलियो बन्दै डलर : नेपालजस्ता विकासशील राष्ट्रको अर्थतन्त्रमा कस्तो असर पर्छ ?

यतिबेला नेपाली मुद्राको तुलनामा अमेरिकी डलर दिनदिनै बलियो बन्दै गइरहेको छ । एक अमेरिकी डलरको सटहीदर नै यतिबेला १२४.३८ रुपैयाँ पुगिसकेको छ । जबकि, आजभन्दा ६ महिना अघिसम्म यसको सटहीदर ११९ रुपैयाँ आसपास थियो । यद्यपि, यतिबेला नेपाली मुद्रा मात्र नभई विश्वभरका मुद्रा डलरको तुलनामा निरन्तर कमजोर बनिरहेका छन् ।तर, यतिबेला अमेरिकी डलर बलियो मात्रै बनिरहेको छैन अमेरिकामा बैंकको ब्याजदर बढ्नु समेत नेपालजस्ता विश्वका धेरै विकासशील राष्ट्रको अर्थतन्त्रका लागि खतराको घण्टी हो । यद्यपि, अहिले विश्व अर्थतन्त्