अफगानिस्तानबाट अमेरिकी सेना फर्किएसँगै तालिबानको रजगज चलिरहेको छ ।
तालिबान शक्तिमा आएसँगै हिंसा पनि चर्किएको छ । विरोधीहरूको धमाधम हत्या गरिँदैछ ।
अफगानिस्तानको यो दुर्दशाका लागि अमेरिकी दूत जल्मे खलिलजादको जिम्मेवारी रहेको भनी विवाद उठिरहेको छ । आफूले अफगानिस्तानमा शान्ति ल्याउन सक्ने र यस चुनौतीपूर्ण कामका लागि आफू सबभन्दा योग्य उम्मेदवार भएको उनले फुर्ती लगाएका थिए ।
७० वर्षीय खलिलजादले तालिबान र वाशिङटनबीच वर्षौंसम्म मध्यस्थता गरेका थिए । तालिबान अब पहिलेको जस्तो नभएको भनी उनी सबैलाई ब...