जनमत पार्टीद्वारा रौतहटमा अनिश्चितकालीन बन्दको घोषणा

१० सुत्रीय मागसहित सीके राउत नेतृत्वको जनमत पार्टीले अनिश्चितकालका लागि रौतहट बन्दको घोषणा गरेको छ । पार्टी जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुनेगरी रौतहटमा अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन् ।किसानलाई उपयुक्त समयमा बिउ बिजन, मल खाद र सिंचाईको व्यवस्था तीनै तहका सरकारले नगरेको अवस्थामा आवाज उठाउँदा राज्यले किसानहरूको जायज मागलाई बेवास्ता गरेको तथा किसानमाथि दमन गर्ने लगायतका नाजायज कार्यहरु गर्दै आएकाले जिल्ला बन्दको घोषणा गरिएको विज्ञप्त

सम्बन्धित सामग्री

७ बुँदे माग राख्दै सीके राउतको पार्टीद्वारा सिराहा बन्दको घोषणा

काठमाडौँ– सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न ७ बुँदे माग राख्दै सोमबार सिराहा जिल्लाभर चक्काजामको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले आइतबार पनि सिराहामा विरोध प्रदर्शन गरेको थियो । उच्छृंखल प्रदर्शनका क्रममा प्रदर्शनकारीले एक ट्रकमाथि आगजनीसमेत गरेका थिए । जनमत पार्टी आन्दोलन समिति सिराहाका पवन यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार सिराहाभर चक्काजामको […]