काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्षमा थप आठ सय किमी सडक निर्माण, दुई सय ५७ किमी स्तरोन्नति गर्ने र तीन सय वटा पुल निर्माण गर्ने भएको छ ।
आज मङ्गलवार बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्माणाधीन सडक सम्पन्न गर्ने र आधुनिक सडक निर्माण सरकारको योजना रहेको बताउनुभयो । पूर्व–पश्चिम राजमार्गलाई बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको निर्माण एसियन हाइवे स्तरमा स्तरोन्नति गर्ने नीतिअनुसार कामलाई तीव्रता दिइने उहाँले...