साहित्यकार जगन्नाथ भुसालको सामाजिक उपन्यास 'विवाह रेखा' सार्वजनिक भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन् ।विभिन्न पत्रपत्रिका तथा पुस्तकमा लेख प्रकाशित भइरहने साहित्यकार भुसालको 'परिवेश' कवितासंग्रह यसअघि नै प्रकाशित भइसकेको छ ।
साहित्यकार सुशीला भुसालको दुई उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’को लोकार्पण गरिएको छ । तरेली साहित्यिक प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यव्रmममा नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, डा. बिन्दु शर्मालगायतले सो कृतिको लोकार्पण गर्नुभएको हो ।