‘कसैले पनि यसरी ज्यान गुमाउन नपरोस्’

१४ जेठ, पोखरा । २५ वर्षीया गर्भवती श्रीमतीलाई कोभिड देखिएपछि तनहुँ भानुका ३४ वर्षीय युवकले घरमै रेखदेख गरिरहेका थिए । शुक्रबार राति पेट दुखेपछि एक बजेतिर पश्चिमाञ्चल अस्पतालमा ल्याए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड वार्डमा उपचार सुरु भयो । चिकित्सकले सल्लाहअनुसार अपरेसन गरेर बच्चा निकालियो । आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो हुँदै थियो […]