भारत भ्रमणमा आएको वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय खेलमा घरेलु टोलीले जितका लागि २ सय ३८ रनको लक्ष्य दिएको छ। गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भइरहेको खेलमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ गरेको थियो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २ सय ३७ रन बनायो।पहिले ब्याटिङ गरेको भारतका लागि ओपनिङमा आएका कप्तान रोहित शर्माले ८ बल खेलेर ५ रनमात्र बनाउन सके। उनलाई वेस्ट इन्डिजका केमार रोचले आउट गरे। केमारको बलमा शर्माले शाई होपलाई क्याच थमाएका थिए।अर्का ओपनर