नेपालले पपुवान्युगिनीसँग खेल्दै

काठमाडौं : आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ।त्रिकोणात्मक सिरिजमा नेपालले यूएई र पपुवा न्युगिनिसँग समान २–२ लिगखेल खेल्नेछ।  खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ।फागुन २८ मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ। फागुन २९ मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ। विश्वकप लिग टूको अन्तिम खेलमा नेपालले चैत २ मा यूएईसँग खेल्नेछ।नेपालले युएई भ्रमणमा तीन जित निकाल्दै ६ अंक बटुल्न सफल भएको छ