काठमाडाैं : तीन खेलाडीको अर्धसतकसँगै केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको छ। आज भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली केन्यालाई ६ विकेटले हराउँदै नेपालले ३–० ले सिरिज आफ्नो पक्षमा पारेको हो।जितका लागि केन्याले दिएको २५६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ दशमलव १ ओभरमा मात्र ४ विकेटकोे क्षतिमा विजयी लक्ष्य भेट्टायो। नेपालको जितमा अर्जुन साउद, आशिफ शेख र बसिर अहमदले अर्धशतक प्रहार गरे।अर्जुन र आशिफले क्रमशः ५८ तथा ५६ रनको योगदान गर्दा बसिर अहमदले अविजित रहँदै ५२ रनको