लाङटाङ–भोटेकोशी आयोजनामा भित्रियो २० अर्ब लगानी

काठमाडौँ : रसुवामा निमार्णाधीन लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजनाले २० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्र्याएको छ।कूल १२० मेगावाट क्षमताको सो आयोजना हाल निर्माणाधीन छ। आयोजनाका प्रवर्द्धकसमेत रहेका नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काका अनुसार चीनको बैंक अफ चाइनाबाट झण्डै १९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ। आयोजनाको कूल लागत २४ अर्ब ९५ करोड ४४ लाख ७३ हजार रुपैयाँ बराबर रहेको छ। आयोजनामा संस्थापक लगानीकर्ताहरुले ५ अर्ब ९ करोड ७४ लाख ७३ हजार रुप