काठमाडौं : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार सबै सांसदको विश्वासको मत पाए। उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत दोस्रो पटक मत दियो।उनले दोस्रो पटक पुरै सदनको विश्वासको मत पाएका हुन्। एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। तर, ३० दिनभित्र प्रतिपक्षी दल एमालेले पुनः मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको हो। १०७ सदस्यीय प्रदेश सभामा यादवको पक्षको पक्षमा १०३ जनाले मत दिएका थिए। दुई जना सभामुख र उपसभामुखले मात्रै मत नदिएका हुन्। यसअघि उ