सभापतिले चाहँदैमा चुनावमा गठबन्धन हुँदैन : कोइराला पक्ष

सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा मात्रै स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको हाे । पार्टीको विधान अनुसार चार तहको समिति रहकाे भन्दै सम्बन्धित समितिलाई नै यसबारे निर्णय गर्न दिइनु पर्ने निष्कर्ष निकालेको हो । सभापति देउवाले चाहेर र केन्द्रीय समितिले चाहेर मात्रै पनि