सहोदर भाईलाई ट्राफिक दाईले काटिदिए चिट, बने सामाजिक सञ्जालमा हिट

देहरादुन : प्रहरीमाथि प्राय भाई–भतिजावादको आरोप लाग्छ । तर एक ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने आफ्नै भाईलाई चिट थमाइदिएका छन् । घटना भारतको हो ।  देहरादुनस्थित जौलीग्रान चौकीका इन्जान मन्जुल रावतले सहोदर भाईलाई चिट थमाईदिए । उनका भाई हेल्मेट नलगाई बाइक कुदाइरहेका थिए । जब, बाटामा मन्जुलले भेटे । त्यस...

सम्बन्धित सामग्री

हजारौं राम्रालाई एउटै खराबले खरानी पार्न सक्छ

गत शनिबार बेलुकीको करिब ९ः२१ बजेदेखि केही दिन एउटै विषयमा सामाजिक सञ्जाल निकै व्यस्त देखिए । यो सञ्जाल त्यसरी व्यस्त बन्नुको एउटै कारण थियो काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुक स्ट्याटस । आफ्नी श्रीमती चढेको महानगरपालिकाको गाडी ट्राफिक प्रहरीको नियमित चेकिङमा परेपछि बालेनले आफ्नो फेसबुक एकाउन्टमा लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

ज्यानभन्दा ठूलो भीआईपीको सवारी हैन : निश्चल बस्नेत

काठमाडौं । अभिनेता एवं निर्देशक निश्चल बस्नेतले भीआईपीको सवारीले सडक अबरुद्ध भएपछि ज्यानभन्दा ठूलो भीआईपीको सवारी हैन भन्दै आक्रोश व्यक्त गरेका छन् । भीआईपीको सवारीका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएर एम्बुलेन्ससम्म चलाउन रोक लगाइएपछि निश्चलले सामाजिक सञ्जाल मार्फत आक्रोश ब्यक्त गरेका हुन् । चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु हिँड्ने बाटोमा सार्वजनिक […]

तस्वीर : काठमाडौं महानगरको ट्राफिक जाम र सार्वजनिक सवारीसाधनको महत्व

काठमाडौं महानगरमा सवारीसधानको चाप बढ्दै गएपछि ट्राफिक जाम हुनु स्वभाविक हो । सर्वसाधारणले कयौं वर्षदेखि काठमाडौं, भक्तपुर तथा ललितपुरको विभिन्न रुटमा सहज हुने गरी यात्रा गर्न पाउने गरी सार्वजनिक यातायातका साधन सञ्चालन गर्न माग गर्दै आएका छन् । एउटै बसमा १०० जनाले सहज यात्रा गर्न पाउने गरी यातायात सञ्चालन गर्ने हो भने ट्राफिक समस्या समाधान हुने छ भने इन्धनको पनि बचत त हुन्छ नै । अझ साना तथा थोत्रा सवारीमा कोचाकोच गरेर यात्रा गर्नुपर्ने झन्झट पनि हट्ने देखिन्छ । हुन त कतिपयले जति धेरै निजी सबारी भयो त्यतिनै धेरै राजस्व संकलन हुने हुँदा सरकारले यसतर्फ चासो नदेखाएको बताएका छन् । तस्वीर : सामाजिक सञ्जाल

युद्धका कारण देश छाडेका युक्रेनी घर फर्किँदै, सीमा क्षेत्रमा ट्राफिक जाम

रुसको आक्रमणका कारण देश छाडेका युक्रेनी नागरिक फर्किन थालेका छन् । पछिल्ला केही दिनयता युक्रेन–पोल्यान्ड सीमामा स्वदेश फर्कनेहरुको लर्को लागेको बीबीसीले जनाएको छ। युद्धका कारण अन्य देशमा गएर घर फर्कने नागरिकहरुको कारण सीमा क्षेत्रमा ठूलो ट्राफिक जाम लागेको खबरमा उल्लेख छ । युक्रेनकी सांसद लेसिया भास्यलेन्कोले स्वदेश फर्कनेहरुका कारण पोल्यान्डसँगको नाकामा सयौँ गाडीको लाम लागेको तस्बिर सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्नुभएको छ । युद्ध सुरु भएयता अहिलेसम्म ५१ लाख युक्रेनीले देश छाडेका छन् । तर पछि...