सर्लाहीको चन्द्रनगरका पाँच जना मुसहर युवक उपचार खर्च तिर्न नसक्दा चार दिनसम्म अस्पतालमै बन्धक भएर बस्नुपरेको छ । केही दिनअघि भारतको उत्तरप्रदेशस्थित आलु भण्डारण गर्ने चिस्यान केन्द्रमा काम गर्ने तीन जना मजदुरको शङ्कास्पद मृत्यु भएको थियो । त्यसपछि गाउँ फर्किएर आएका पाँच जना युवकहरु पनि बिरामी परेपछि ईश्वरपुर नगरपालिका– ७, स्थित गोदावरी अस्पताल बयलवासमा भर्ना भएका थिए ।